काठमाडौं, १२ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ले राजीनामा दिएपछि कहाँकहाँ खुसियाली भयो भन्ने बारेमा आफू जानकार रहेको बताएका छन् । राजधानीमा संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाले खुसी हुनेहरुको नियत नियालिरहेको समेत बताए।
‘मेरो राजीनामामा नेपालमा या बाहिर कहाँ बढी खुसी छायो भन्ने कुरो प्रस्टै छ । खुसी मनाउन पाइन्छ ,’ ओलीले भने, ‘तर त्यो खुसीभित्र नेपालको अनिष्ट लुकेको छ भनेर भ्रम नपाले हुन्छ । अब नेपाल एकतावद्ध भएर समृद्धिको बाटोमा अघि बढ्छ । ’
ओलीले छिमेकी भारततर्फ संकेत गर्दै भने, ‘कहिलेकाहीँ छिमेकीले पनि सानो देश भनेर सानै व्यवहार गर्ने गरेको छ तर देश यो देश सानो छैन । संस्कृति र इतिहासमा सबैभन्दा ठूलो छ,’ ओलीले बताए ।