६ फाल्गुन २०८२, बुधबार

प्रतिनिधिसभा बैठक : थप दुई प्रतिवेदन पेश


Girirajmani Pokhrel

२८ भदौ, काठमाडौँ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेको थप दुई विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा समितिका ज्येष्ठ सदस्य सत्यनारायण शर्मा खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘भूमि सम्बन्धित (सातौँ संशोधन) विधेयक सम्बन्धित समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

त्यसअघि मन्त्री पोखरेलले पारमाणविक शक्तिलाई रचनात्मक कामका लागि प्रयोग गर्ने लक्ष्यका साथ उक्त सम्झौतालाई सरकारले आत्मसात् गर्न लागेको जानकारी दिनुभयो । स्वास्थ्योपचारका लागि पनि पारमाणविक प्रविधिको प्रयोग भएको भन्दै मन्त्री पोखरेलले बोलिभियामा पानीको मुहान संरक्षण र थाइल्याण्डमा कृषि उपज संरक्षणका लागि उक्त प्रविधिको प्रयोग गरी प्रगति गरेको जानकारी दिनुभयो ।

नेपालको मुस्ताङ जिल्लामा रहेको युरेनियमलाई प्रयोग गर्न पनि सरकारले उक्त सम्झौतालाई स्वीकार गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले पारमाणविक प्रविधिमा जोखिमको मात्रा समेत बढिरहेकामा सरकार सचेत रहेको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !