८ मंसिर २०८१, शनिबार

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने


naya-sakti

१२ असार, २०७३:- काठमाडौं, नयाँ शक्तिको नेतृत्व अब प्रत्यक्ष निर्वाचनबाट चुनिने भएको छ ।

नयाँ शक्ति नेपालले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्नेसहितको विधान पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !