१३ फाल्गुन २०८२, बुधबार

गगनको क्षेत्रमा पुगेर रविले भने – काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्ने बताएका छन् ।

आज बुधबार चुनावी अभियानका क्रममा नेपाली कांग्रेसका सभापति गगन थापाको क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ मा पुगेर सम्बोधन गर्दै लामिछानेले सभापति थापालाई कुनै हालतमा हराउन आग्रह गरेका हुन् ।

उनले सर्लाही ४ मा रास्वपाका डा. अमरेश सिंहले जित्ने दाबी गरे । उनले पहाडी र मधेशी भनेर म यहाँको मान्छे, त्यहाँको मान्छे भनेर अब बस्न नहुने बताए । उनले सर्लाहीलाई पर्दा विगतमा आफू लडेको भन्दै यस पटक न्याय दिन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !