३ फाल्गुन २०८२, आइतबार

युवराज सफल हाजिर जमानीमा रिहा


युवराज सफल

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल रिहा भएका छन् । अफवाह फैलाएको कसुरमा पक्राउ परेका पौडेललाई हिजो बुधबार साँझ हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।

महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि माघ १३ मा सफल पक्राउ परेका थिए । महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको उनले आरोप लगाएका थिए ।

सफललाई कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ मा काठमाडौँ प्रहरीलाई पत्राचार गरेपछि उनी पक्राउ परेका थिए । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा आज मंगलबार उनी पक्राउ परेका हुन् ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !