काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । आज बुधबार बिहान १०ः३० बजे राष्ट्रपति पौडेललाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।












