१ फाल्गुन २०८२, शुक्रबार

बाबुरामले भट्टराईले फिर्ता लिए उम्मेदवारी


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा-२ बाट सांसदको उम्मेदवार बनेका भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

भट्टराईले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका नेताले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने सुझाव दिएका उनले बताए । उम्मेदवार बन्दा भूमिका संकुचित हुने भनेर आफूले सुझाव पाएको उनले उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !