काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले भोलि शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् ।
विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । २०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
उनले सभापति थापा वा अरू कसैले राजीनामा मागेको नभई आफूले स्वविवेकले पद छाडेको बताए । गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।












