३ फाल्गुन २०८२, आइतबार

वीरगन्जका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश


वीरगन्जका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीद्वय प्रदीप यादव र मोहम्मद इस्तियाक राईलगायत जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । हिजो राति माघ ४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्न उनीहरू भक्तपुरको गुन्डुस्थित ओलीनिवास पुगेका थिए । उनीहरूलाई ओलीले खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

१४ जना वडा अध्यक्षहरू, कांग्रेस केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीलाई पार्टीमा स्वागत गर्दै गरेको भिडियो एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।

यादवलाई एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । राईलाई एमालेले बाँके–२ बाट उम्मेदवार बनाउन लागेको पार्टी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !