१ फाल्गुन २०८२, शुक्रबार

काँग्रेसको शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाँदै


देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाँदैछ । देउवाको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गर्दै बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !