फाइल फोटो
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ भए पनि श्रेष्ठ यसपालि सर्लाही-३ बाट चुनाव लड्ने निश्चित भएको उनको सचिवालयले जनाएको छ ।
श्रेष्ठ २०७४ को चुनावमा गोरखा-२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएपछि २०७९ को चुनावमा त्यहाँबाट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेका थिए ।
त्यतिबेला डा. भट्टराईले पनि प्रचण्डलाई नै समर्थन गरेका थिए । प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ ।












