२ फाल्गुन २०८२, शनिबार

शेरबहादुर देउवाबाट अभिभावकको भूमिका अपेक्षा गरेको छु : सभापति थापा


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पुराना नेता र धेरै नयाँ साथीहरू एक ठाउँमा उभिन पर्ने बताएका छन्।

उनले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक, संरक्षकको भूमिकाको अपेक्षा गरेको पनि बताए । एउटा चरणसम्म आआफ्नो विमतिहरू रहे पनि सबै एकजुट हुनुपर्ने उनले बताए । संवादको थालनी सुरू भइसकेको समेत उनले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !