२ फाल्गुन २०८२, शनिबार

आधिकारिकता पाएसँगै गगन थापाले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।

बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने बताइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु