काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एउटा सूचना जारी गरी भोलि शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।
देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार सानेपामा बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ । सो आधिकारिकतालाई देउवा पक्षले अस्विकार गरेको छ ।












