काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
कांग्रेसको देउवा समूहले आयोगले संविधान कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने बताएको हो । उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।
उनले निर्वाचन आयोगले त्यो गर्दैन भन्ने विश्वास आफूलाई रहेको बताए । तर बाहिर आएका चर्चा बहसले त्यस्तो काम भयो भने कांग्रेसले देशभर आन्दोलनमा जाने उनको भनाइ थियो । उनले विधि र विधानविपरीत आयोगले निर्णय गरेमा देशभर आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्तालाई आग्रह गरे ।












