१ फाल्गुन २०८२, शुक्रबार

कांग्रेस विभाजन : गगन र विश्वप्रकाशलाई ५ वर्ष निष्काशनको घोषणा


गगन थापा र शेरबहादुर देउवा

काठमाडौँ । अन्तत: नेपाली काँग्रेस विभाजन भएरै छाडेको छ । कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।

आज बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन, विश्वप्रकाशसहित सहमहामन्त्री मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको हो । उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु