३ फाल्गुन २०८२, आइतबार

सानेपामा जंगिए विमलेन्द्र निधि, कार्यकर्तासँग लफडा


सानेपामा जंगिए विमलेन्द्र निधि, कार्यकर्तासँग लफडा

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !