२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री कार्कीका श्रीमानलाई थप उपचारका लागि भारत लैजाने तयारी


प्रधानमन्त्री कार्कीका श्रीमानलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो।

उनलाई क्याविनमा राखेर ४ दिनदेखि उपचार गरिएकोमा थप उपचारका लागि भारत लैजाने भन्दै उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

उनलाई पिसावमा संक्रमण, रिगांटा लाग्ने, पेटमा समस्या देखिएको अस्पतालले जनाएको छ। सिटी, एमआरआइमा गर्दा कुनै समस्या देखिएको नदेखिएको अस्पतालले जनाएको छ । सुवेदीलाई यसअघि प्रोस्टेटको समस्या देखिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु