काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको छ । आज सोमबार एमाले अध्यक्ष ओली काँग्रेस सभापति देउवा भेट्न काठमाडौंको महाराजगञ्जस्थित उनको निवास पुगेका हुन् ।
एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी थिइन् । यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।
‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ । गत मंसिर १९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देउवा र ओलीबीच दोस्रो भेटवार्ता भएको हो । दुई पार्टीका प्रमुख समेत रहेका दुई पूर्वप्रधानमन्त्रीवीच भएको भेटघाटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।












