१ फाल्गुन २०८२, शुक्रबार

तामझाका साथ पार्टी कार्यालयमा फर्किए रवि लामिछाने


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तामझामका साथ पार्टी कार्यालय स्वागत गरिएको छ । आज आइतबार अपरान्ह काठमाडौंको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा उनलाई स्वागत गरिएको हो ।

सोही क्रममा उनलाई पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले बाजागाजासहित स्वागत गरेका थिए । आज वनस्थलीस्थित पार्टी कार्यालयमा लामिछानेलाई नेता कार्यकर्ताले औपचारिक स्वागत गरेका छन् । कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले रविलाई स्वागत गरेका हुन् ।

लामिछाने रास्वपाको सभापतिकै हैसियतमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा कारागार पुगेका उनी शुक्रबार रिहा भएपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ ।

सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर पुस ४ गते शुक्रबार नक्खु कारागारबाट रिहा भएका लामिछानेलाई पार्टी कार्यालय भित्र्याइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !