२ फाल्गुन २०८२, शनिबार

राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्नुपर्ने भन्दै राप्रपाद्वारा काठमाडौंमा शक्ति प्रदर्शन


राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्नुपर्ने भन्दै राप्रपाद्वारा काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गरेको छ । राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो ।

उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो । आफ्ना एजेन्डाहरू राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका थिए । राप्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !