३ फाल्गुन २०८२, आइतबार

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट


पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छिन् । आज मंगलबार दिउँसो पितृशोकमा रहेको श्रेष्ठलाई भेट्न प्रधानमन्त्री कार्की कुपण्डोलस्थित श्रेष्ठको निवास पुगेकी हुन् ।

श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको गत मंसिर १६ गते ९५ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सो क्रममा पूर्वप्रधान्यायाधीश श्रेष्ठसँग राजनीतिक कुराकानी पनि भएको स्रोतले बताएको छ ।

श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष पछिल्लो समय आफ्नो नाम प्रधानमन्त्रीको चर्चामा रहेको भनेर जोडेर विभिन्न समाचारहरू आइरहेकोतर्फ इंगित गर्दै केही कुरा सुनाएका थिए । श्रेष्ठले आफ्नो नाम जोडेर ‘कसैको गुजारा चल्छ भने लेख्नुस्’ भन्ने गरेको प्रधानमन्त्रीसमक्ष सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !