१ फाल्गुन २०८२, शुक्रबार

जेनजी आन्दोलनपछि महाराजगञ्जमा ओली र देउवावीच भेटवार्ता


जेनजी आन्दोलनपछि महाराजगञ्जमा ओली र देउवावीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए ।

उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता भएको हो । दुई पार्टीका प्रमुख समेत रहेका दुई पूर्वप्रधानमन्त्रीवीच भएको भेटघाटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !