काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज जाँदैछन् । ओली देउवालाई भेट्न उनको निवासमा जान लागेको सचिवालय स्रोतले जानकारी दियो ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता भएको थिएन । दुई पार्टीका प्रमुख समेत रहेका दुई पूर्वप्रधानमन्त्रीवीच हुनलागेको भेटघाटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।












