८ फाल्गुन २०८२, शुक्रबार

टाउकोमा कालो पट्टी बाँधेर सरकारविरुद्ध सडकमा उत्रिए जेनजी


टाउकोमा कालो पट्टी

काठमाडौँ। काठमाडौँको माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।

‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, ‘सुशीलाको पाराले दुःख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ लगायत नारा लेखिएका प्लेकार्ड उनीहरूले प्रदर्शन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !