४ फाल्गुन २०८२, सोमबार

जेनजी अभियन्ता मिराज ढुंगाना समूहलाई प्रहरीद्वारा सिंहदरबार प्रवेशमा रोक


मिराज ढुंगाना

काठमाडौं । गरिखान देऊ अभियानका संयोजक एवं जेनजी अभियन्ता मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । आज प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश गर्न रोक लगाएको हो ।

प्रहरीले जेनजी अगुवा ढुंगानालाई लछारेर हटाएको हो । सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले समातेर हटाएको हो । आज मंगलबार पनि जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँबाट समातेर हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !