सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीवीच आज पनि झडप भएको छ । आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेका हुन् ।
उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार झडपपछि उपाध्यायले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
बिहान जेन–जी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी जेन–जी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए ।
किटानी जारीपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमुदिन अन्सारी पक्राउ परिसकेका हुन्।












