६ फाल्गुन २०८२, बुधबार

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ


नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज आइतबार नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्वसचिव कार्की आज पक्राउ गरेको हो ।

दोलखा जिरी नगरपालिका-६ घर भएका कार्की ट्रस्टको कार्यालयमा सचिव थिए । ट्रस्टको जग्गा लिजमा दिँदा ठगी तथा आपराधिक लाभ लिएको आरोप उनीमाथि छ। यसअघि प्रहरीले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई २१ कात्तिकमा पक्राउ गरेको थियो।

नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुने गरी भाडा सम्झौता दिएको पाइएको छ । ट्रस्टको जग्गा नेपाल ट्रस्ट र श्यामशेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने सम्झौता हुँदा अनियमिता गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !