२ फाल्गुन २०८२, शनिबार

रवि, कुलमान, बालेन, हर्क र गोपीलाई एक ठाउँमा उभिन सुदनको आह्वान


रवि, कुलमान, बालेन, हर्क र गोपीलाई एक ठाउँमा उभिन सुदनको आह्वान

काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक एवं जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हाम्रो देश नेपालमा वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।

आज सामाजिक संजाल फेसबुकमा लेख्दै गुरुङले पार्टी प्रेमी नभएर देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत रहेको बताउँदै ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म जेनजी एकजुट सम्पन्न भइसकेकोले अब अन्य नेपालीहरू पनि नेपाल परिवर्तन अभियानमा जोडिन आह्वान गरेका हुन् । उनले छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्न डिजिटल प्लेटफम पनि सार्वजनिक गर्ने जानकारी दिए ।

उनले सार्वजनिक रूपमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, उर्जामन्त्री कुलमान घिसिङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल ,रास्वपा छोडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई एकजुट हुन आह्वान गरेका हुन् ।

उनले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको स्मरण गर्दै गोरखा मन्दिरबाट आशीर्वाद लिएर सो अभियान सुरु गर्ने जानकारी गराउँदै राष्ट्रको हितका लागि र आगामी पुस्ताको भविष्यका लागि सवै एकजुट हुन आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु