१ फाल्गुन २०८२, शुक्रबार

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ । प्रतिनिधिसभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रियसभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते तोकिएको छ ।

१९ जना राष्ट्रियसभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु