काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले आज बुधबार रेशम चौधरी संरक्षक रहेको उक्त दल दर्ताको प्रमाणपत्र दिएको हो ।
कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका छन् । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव छन् । रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् ।
पार्टी दर्ताको प्रमाणपत्र पाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी गठनको सन्दर्भ सम्झिए । श्रीमतीसमेत रहेकी रन्जिता श्रेष्ठसँगको विवादले चौधरीले छुट्टै पार्टी बनाएका हुन् । हरेक नागरिकलाई राज्यमा सहाभागी गराउनुपर्ने उनले बताए ।












