५ फाल्गुन २०८२, मंगलबार

मतदाता परिचयपत्र बनाउन र विवेकको प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आह्वान


सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम संकलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

आज शुक्रबार प्रधानमन्त्री कार्कीले भिडियो सन्देश दिँदै नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराइन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नामावली संकलनकार्य सञ्चालन गरिरहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !