१ फाल्गुन २०८२, शुक्रबार

रामकुमारी झाँक्री एमाले अध्यक्ष ओलीलाई भेट्न पुगिन् गुण्डु


रामकुमारी झाँक्री एमाले अध्यक्ष ओलीलाई भेट्न पुगिन् गुण्डु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन् । झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ आज बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका हुन् ।

झाक्री र श्रेष्ठलगायतले ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले एमालेका अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट गरेका हुन् । एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन्।

उनीहरु आगामी मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रियसभा गृह, काठमाडौंमा “घर फर्कने अभियान” कार्यक्रम अन्तर्गत एमालेमा फर्किने एमाले नेता बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !