२ फाल्गुन २०८२, शनिबार

बालेन साहविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा निवेदन


बालेन साहविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा निवेदन

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएको छ । साहविरुद्ध परेको जाहेरी अध्ययनका क्रममा रहेको साइबर व्यूरो स्रोतले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी मुलुकहरूलाई गाली गरेको कसुरमा युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो ।जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने साइबर व्यूरो स्रोले बताएको छ ।

जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ ।

बालेनले केहि दिनअघि अश्लील शब्द प्रयोग गरी गालीगलौजयुक्त स्टाटस फेसबुकमा लेखेका थिए। स्टाटसको आलोचना भएपछि बालेनले फेसबुकबाट हटाएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !