काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल सुरु भएको छ। पूर्वप्रधानमन्त्री डा.भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल सुरु गरेका हुन् ।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले यस्तो छलफल सुरु गरिएको बताइएको छ ।
छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, रास्वपाका उपसभापति डीपी अर्याल, मानुसी यमी लगायत सहभागी छन् ।













