काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन भन्दै सरकारले पत्र पठाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हिजो मंगलबार प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र बुझाइएको हो ।
नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ताका लागि समय माग गरेकोमा मन्त्रालयले कात्तिक २६ गते वार्ताका लागि समय दिएको हो । प्रसाईंले ज्ञापनपत्र बुझाउनले लगायत आवश्यक परामर्श गर्नुपर्ने भन्दै गृहमन्त्री अर्याललाई पत्र लेखेका थिए ।
गृह मन्त्रालयले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले पत्र बुझाएका हुन् । भक्तपुरस्थित कार्यालयमा महाअभियानका तर्फबाट माधव कल्पितले पत्र बुझेको बताइएको छ ।












