१ फाल्गुन २०८२, शुक्रबार

हाम्रो पार्टीलाई देशकै एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

आज बुधबार भृकुटीमण्डपमा १० घटकबीचको आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको पार्टी बन्ने दावी गरेका हुन् ।

उनले भने, ‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ ।’

बुधबार १० घटकबीचको एकता राष्ट्रिय सम्मेलनमा प्रचण्डले एक नम्बरको पार्टी भएको जिकिर गरे । उनले एकताप्रति कसैलाई टाउको दुखेको हुन सक्ने बताए । उनले देशभर एकता घोषणासभा र अभियान लिएर जाने बताए ।

कार्यक्रममा प्रचण्डले पार्टीभित्र देखिएको नेतृत्व हस्तान्तरणको बहसलाई एउटा नयाँ विचार र विधि बनाएर हस्तान्तरण गर्ने स्पष्ट पारे । अब सच्चिनुको कुनै विकल्प नभएको भन्दै उनले राष्ट्र गम्भीर सङ्कटमा रहेकाले नै वामपन्थीवीच एकता गरिएको उनले जिकिर गरे । सङ्कट समाधानका लागि एमाले लगायत सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न तयार भएको प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !