२ फाल्गुन २०८२, शनिबार

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीवीच आज एकता घोषणा


माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीवीच आज एकता घोषणा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीवीच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने भएको हो ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !