३ फाल्गुन २०८२, आइतबार

जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै


जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बैठक सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्ने पार्टीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !