१ फाल्गुन २०८२, शुक्रबार

ओलीलाई भेट्न गुण्डु पुगेका खनाल एमालेमा फर्किने संकेत


केपी शर्मा ओली र झलनाथ खनाल

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हिजो भेट गरेका छन् ।

ओलीसँग सम्वाद गर्न खनाल हिजो गुण्डु नै पुगेका खनाललाई भने ओलीको टीमकै सदस्यहरू लिनै खनालको घर पुगेका थिए । भेटवार्तामा खनालसहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा भएको स्रोतले बताएको छ ।

नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरूले एकता प्रक्रिया नै अस्वीकार गरेपछि पूर्वप्रधानमन्त्री खनाललाई हिजो ओलीको सचिवालयले छलफलका निम्ति गुण्डु बोलाएको थियो ।

खनालले एमाले फर्कन चार शर्त राखेका छन् । उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् । खनाल निकट स्रोतका अनुसार छलफल कुराकानी सकारात्मक रहेको बुझिएको छ ।

एमाले नेता महेश बस्नेतले भेट सकारात्मक रहेको जानकारी सामाजिक संजाल फेसबुकमार्फत दुई पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेकोले खनाल एमालेमा फर्किने सङ्केत देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !