काठमाडौं । डा. निकोलस भुसाल (कमल भुसाल) लाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार दिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।
सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।













