काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
माओवादीका नेता नारायणकाजी श्रेष्ठ लिएर प्रचण्ड एकताको विषयमा छलफल गर्न आज सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । माओवादी र एकीकृत समाजवादीसहित आठ दलबीच एकताको सहमति भएको भोलिपल्ट नेताहरू भेटेका हुन् ।












