काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बैठक अब २०८२ साल कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।
केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ ।
शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तयर गरेर स्थगित भएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।












