३ फाल्गुन २०८२, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आज दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ। महाधिवेशनको विषयमा नेतृत्वबीच सहमति जुट्न नसकेपछि अचानक स्थगित गरिएको थियो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका पेस गर्ने समय मागेका थिए।

शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । शुक्रबारकै केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने उनीहरूको जोड थियो। तर, तीन नेताबीच पटक–पटक भएका छलफल सकारात्मक नभएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरियो। त्यसअघि पार्टी कार्यालय सानेपामा दुवै पक्षले आ–आफ्नो समूहमा छलफल गरेर पुनः समझदारी जुटाउने गरी बैठक स्थगनको निर्णय गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !