२ फाल्गुन २०८२, शनिबार

यस्तै हो भने आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्ने ओलीको दाबी


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।

आज आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्याउने दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताए । ओलीले संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन् । ओलीले आफूमाथि सुरक्षा चुनौती बढेकै बेलामा सरकारले सुरक्षा फिर्ता लिएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !