काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
बैठकमा नेपालस्थित सबै (२६)कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ । बैठकमा नेपालको समसामयिक अवस्थाका र २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।












