काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ ।
एक टेलिभिजनको कार्यक्रममा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको माओवादी केन्द्र छाडेको घोषणा गरेका हुन् ।
साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए । साहले २०७४ मा आफू नेतृत्वको ने.क.पा. (संयुक्त) माओवादीमा विलय गराएका थिए ।












