५ फाल्गुन २०८२, मंगलबार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप)मा भन्सार छलेर सुन ल्याइएको सुनबाट आपराधिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि झन्डै आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप लागेको छ ।

उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ । महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।

प्रहरीका अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैधरूपमा ल्याएको भेपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत गरिएको थियो । उनले दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए । यसमा महराको संलग्नता रहेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !