२ फाल्गुन २०८२, शनिबार

काठमाडौं प्रशासनले एमालेको युवा संघलाई दिएन प्रदर्शनको अनुमति


प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको युवा संघले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । काठमाडौं प्रशासन काठमाडौँले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो ।

आज शुक्रबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् ।

युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्याली निकाल्ने सूचना जारी गरेका थिए । यद्यपि फरकफरक समूहले भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको प्रशासनले जनाएको छ ।

अहिलेको अवस्थामा र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता हुने भएकाले प्रदर्शनको अनुमति नदिइने प्रशासनको भनाइ छ ।

एमालेको राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिने जनाएको थियो । युवा संघले दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु