२ फाल्गुन २०८२, शनिबार

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । आज शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे शीतलनिवासमै छलफल गर्न लागेका हुन् ।

हिजो बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राखेका थिए। त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो।

राष्ट्रपति पौडेलले शुक्रबार बस्नेगरी सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ। छलफलमा दलहरूको दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन्। चुनाव फागुन २१ गते तय छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु